सि.उ.मा.वि. धमालीमा निःशुल्क अतिरिक्त कक्षा

काठमाडौँ । अछामस्थित तुर्माखाँद गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष निरकबहादुर शाहीले कक्षा ७ देखि १० सम्म निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने उद्घोष गरेका छन । आईतबार सिद्धेश्वरी माध्यमिक विद्यालयमा वडा कार्यालयको आयोजनामा भएको आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रको प्रमुख अतिथिको आसनबाट उक्त घोषणा गरेका हुन् । उनले विद्यार्थीकाे सिकाई प्रभावकारी बनाउन र ग्रामिण क्षेत्रका विपन्न वर्गका विद्यार्थीको गुणस्तरीय शिक्षामा समान पहुँच सिर्जना गर्न यस्तो निर्णय गरेको बताए । बर्खे बिदा लामो हुने हुँदा विद्यार्थीले सिकाएका सबै कुरा बिर्सिने र पढ्ने बानिको विकास कम हुने भएकाले यस्ता अतिरिक्त कक्षा प्रभावकारी हुने उनको विश्वास छ। पढ्ने इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नपाएका विद्यार्थीलाई ठुलो अवसर हुने बताए । अध्यक्ष शाहीले शैक्षिक सुधारका लागि आफूले गर्न सक्ने सबै काम पूरा गर्ने र आगामी दिनहरूमा यस्ता निर्णय गर्दै जाने प्रतिबद्धता समेत जनाए ।
हाजिरी जवाफ प्रतियोगितामा सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी प्रथम, बैकुण्ठेश्वरी आ वि दितिय र बागेश्वरी आ वि तृतीय स्थान हात पारेको थिए । – कमल विक