पक्राउ पुर्जीबिरुद्ध मसाल जुलुस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल(क्रान्तिकारी)ले नेकपाका महासचिव विप्लवलगायतका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको भन्दै मसाल जुलुससहित बिरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।