१८ वर्षमुनिकालाई फाइजर खोप दिइँदै

२०७९ श्रावण २३ गते, सोमबार


काठमाडौँ । काठमाडौं उपत्यकामा आज १८ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर-२९ का विभिन्न १४ स्थानमा आज (सोमबार) देखि कोभिडविरुद्धको खोप दिइन लागिएको हो । बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ । १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लागिएको हो । ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु