पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण

२०७९ श्रावण २५ गते, बुधबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४१४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा एक लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८५ पुगेको छ ।
असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार