अखिल (क्रान्तिकारी)ले शैक्षिक समस्याबिरुद्ध संघर्ष गर्ने

काठमाडौं । अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रभित्र देखिएका समस्या, लागु पदार्थ दुर्व्यसनीविरुद्व , चर्को शुल्क विरुद्व , छात्रावृति र यातायातमा विद्यार्थीलाई ४५% छुटको लागि संघर्ष गर्ने निर्णय गरेको छ । अखिल (क्रान्तिकारी) काठमाडौंको सोमबार बसेको विस्तारित बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकमा संगठनका उपाध्यक्ष नरेन्द्र विकले यो व्यवस्था जनताको नभएको र यो व्यवस्थाका विरुद्व सम्पूर्ण युवा विद्यार्थीले अब निर्णायक संघर्ष गर्ने बेला आएको बताएका थिए भने अखिल (क्रान्तिकारी) काठमाडौंका इन्चार्ज ललिजङ बमले काठमाडौंमा शैक्षिक माफियाविरुद्व अब संघर्ष छेड्ने र आजका दिनमा शिक्षा जनताको पहुँचमा नरहेको संविधानमा आधारभूत र माध्यमिक तहको शिक्षा निशुल्क र अनिवार्य भनेर उल्लेखित गरेको तर कार्यन्वयन नगरेकोले त्यसलाई लागु गर्न अब अखिल (क्रान्तिकारी) सडक संघर्ष गर्ने घोषणा गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाको प्रमुख आतिथ्यतामा र अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विक, संगठनका महासचिव ललित विक, उपत्यका विशेष क्षेत्र इन्चार्ज अटल, अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला इन्चार्ज ललितजङ बम र अन्य अतिथि पार्टी केन्द्रिय सदस्य आजाद, युवा संगठन नेपालको महासचिव विदुषी, जिल्ला सेक्रेटरी राजेन्द्रलगायतको उपस्थितिमा सम्पन्न भएको उक्त बैठकको अध्यक्षता र संञ्चालन संयोजक हस्तले गरेका थिए ।
उक्त विस्तारित बैठकले ४१ सदस्यीय २७ औँ जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । त्यसैगरी इकाई सम्मेलन, नगर सम्मेलन र जिल्ला सम्मेलनको मितिसमेत तय गरेको बताइएको छ ।