अखिल (क्रान्तिकारी) ललितपुरको जिल्ला सम्मेलन मङ्सिर २५ गते

२०७९ भाद्र १ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ललितपुरको मंगलबार सम्पन्न बैठकले आगामी मङ्सिर २५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । उक्त बैठकले जनक शाहीको संयोजकत्वमा २५ सदस्यीय आयोजक समिती गठन गरिएको जनाइएको छ ।
उक्त बैठकमा अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला संयोजक जनक शाहीको अध्यक्षता एबम पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानको प्रमुख आतिथ्यता, सङ्गठनका केन्द्रिय उपाध्यक्ष नरेन्द्र बि.क.को बिशिष्ट आतिथ्यता, एबम पार्टीका जिल्ला सचिब ललितको विशेष आतिथ्यता रहेको थियो । यसैगरी, अतिथिहरुमा सङ्गठनका केन्द्रिय सचिवालय सदस्य एबम उपत्यका विशेष क्षेत्र इन्चार्ज अटल शर्मा, एबम सङ्गठनका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज निगम भण्डारी, पार्टीका महानगर सचिव महेश बर्जाचार्य, गोदावरी नगरका सचिब मोहन सिवाकोटी रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु