पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २४ जना र २ हजार ८४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ७४ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५२ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २६५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९० रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७७ हजार ३५८ पुगेको छ ।