निःशुल्क शिक्षा र स्वास्थ्यका लागि वैज्ञानिक समाजवाद अनिवार्य

२०७९ भाद्र ४ गते, शनिबार

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले निःशुल्क शिक्षा र स्वास्थ्यका लागि वैज्ञानिक समाजवाद अनिबार्य भएको ठोकुवा गरेका छन् । सो पार्टीनिकट अखिल (क्रान्तिकारी) को पहलमा धादिङको बेनिघाट–रोराङ्ग गाउँपालिकाको वडा न. १ र २ को सिमानास्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा निर्माण गरिएको आधारभूत विद्यालयको उद्घाटन समारोहमा पठाएको शुभकामना सन्देशमार्फत्् सो ठोकुवा गरेका हुन् ।

सन्देशमा उनले दलाल पुँजीवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य क्षेत्र जनताको पहुँचमा कहिलै पनि नहुने स्पष्ट पार्दै च्यात्राको विद्यालय निर्माणले यहाँका बालबालिकाहरु शिक्षाको उज्यालो ज्योतिवाट वञ्चित हुन नपर्ने वताए । महासचिव विल्लवले दलाल व्यवस्थाकै कारण विकट ठाउँहरुमा शिक्षा र स्वास्थ्यको पहुँच पु¥याउन नसकेको भन्दै व्यवस्था परिवर्तन विना यस्ता समस्या कहिलै पनि हल नहुने ठोकुवासमेत गरे । उनले राज्यले समेत गर्न नसकेका शिक्षा र स्वास्थ्य क्षेत्रका कामहरु आफ्नो पार्टीले देशका धेरै ठाउँमा विस्तार गर्दै आइरहेको भन्दै त्यसैको निरन्तरता स्वरुप च्यात्राको विद्यालय निमार्ण गरिएको बताए ।

महासचिव विप्लवले संविधानमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई जनताको मौलिक हकको रुपमा व्याख्या गरिए पनि संविधान नै जनताका विरुद्ध भएकाले त्यस्तो व्यवस्था कार्यान्वयन हुन नसकिएको बताउँदै जनतालाई लुट्ने, ठग्ने, र सम्पति कुम्ल्याउने व्यवस्था नै दलाल पुँजीवादी व्यवस्था भएकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजीकरण गरेर जनतामाथि लुटतन्त्र मच्चाइएको समेत ठोकुवा गरे । उक्त उद्घाटन समारोह नेकपाका महासचिव विप्लवको शुभकामना सन्देशमार्फत् र नेकपाका केन्द्रिय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन र बालबालिकाहरू शिक्षाबाट वन्चित थिए । नजिकको विद्यालय पनि तिन घण्टाको दूरीमा रहेको र भिरालो वाटो भएकोले बालबालिकाहरू पढ्ने अवसरबाट वन्चित थिए । नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता प्रतिवन्धको समयमा अभियानको क्रममा त्यस क्षेत्रमा जाँदा विद्यालय नै नभएकोले विप्लवको निर्देशनमा नेकपा र अखिल क्रान्तिकारीको पहलमा विद्यालय निर्माण भएको हो । त्यस गाउँमा करिब २५ घर धुरी रहेका छन् । गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेको अखिल (क्रान्तिकारी) जनाएको छ । यसभन्दा पहिले बालबालिका विद्यालय जाने अवस्था नरहेको पर्छ अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बताए । अखिल (क्रान्तिकारी) ले आफैँ लगानी, श्रमदान र स्थानीयसँगको सहकार्यमा ४ कोठे विधालय भवनको निर्माण सम्पन्न गरेको हो । उद्घाटन लगतै विद्यालयमा पठन पाठन सुरु भएको छ । विद्यालयलाई आवश्यक फर्निचर, खेलकुद सामग्री र शैक्षिक सामग्री समेत क्रान्तिकारीले उपलब्ध गराएको छ । अहिले विद्यालयमा ३० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका अस्मिता घलानले वताइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु