‘शिक्षक कार्कीलाई पुनः स्थापित गर’

काठमाडाैं । अखिल नेपाल शिक्षक संगठन उदयपुरले जनता मा.वि. रसुवा लाफागाउँमा राहत दरवन्दीमा कार्यरत अंग्रेजी विषयका शिक्षक अखिल नेपाल शिक्षक संगठन उदयपुरका जिल्ला अध्यक्ष युवराज कार्कीलाई त्यस विद्यालयको वि.व्य.स.को मिति २०७९/०६/०८ गतेको निर्णय अनुसार नीज शिक्षकलाई जागिरबाट बरखास्त गरी हुलाक मार्फत पत्र थमाईएको र सो पत्र अनुसार विद्यालय प्रशासन र वि.व्य.स.लाई अटेर गरी शैक्षिक वातावरण धमिल्याएको भनी लगाइएको आरोप कपोरकल्पित र पूर्ण रुपमा पूर्वाग्रही ढंगले लगाईएको बताउदै यसमा कुनै सत्यता नभएको जनाएको छ । साथै उक्त संगठनले उक्त निर्णय नसच्याइएमा कडा संघर्षमा जाने र संघर्षबाट उत्पन्न हुने परिणामको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने विज्ञप्तीमार्फत चेतावनी दिएको छ।
यस बिषयमा अखिल नेपाल शिक्षक संगठन उदयपुरका उपाध्यक्ष नरेन्द्र कुमार सिंहले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “श्री जनता मा.वि. रसुवा लाफागाउँमा राहत दरवन्दीमा कार्यरत अंग्रेजी विषयका शिक्षक अखिल नेपाल शिक्षक संगठन उदयपुरका जिल्ला अध्यक्ष युवराज कार्कीलाई त्यस विद्यालयको वि.व्य.स.को मिति २०७९/०६/०८ गतेको निर्णय अनुसार नीज शिक्षकलाई जागिरबाट बरखास्त गरी हुलाक मार्फत पत्र थमाईएको र सो पत्र अनुसार विद्यालय प्रशासन र वि.व्य.स.लाई अटेर गरी शैक्षिक वातावरण धमिल्याएको भनी लगाइएको आरोप कपोरकल्पित र पूर्ण रुपमा पूर्वाग्रही ढंगले लगाईएको मात्र हो र यसमा कुनै सत्यता छैन साथै नैतिक आचरणसम्बन्धी सोधिएको लिखित स्पष्टिकरणको जवाफ गम्भिरतापूर्वक नीजले लिखित रुपमा पेश गरेको व्यहोरा जानकारी गराउँदछौं । विद्यालयको शैक्षिक वातावरणलाई अब्बल बनाई विद्यार्थीको शैक्षिक उपलब्धिलाई सुधार गर्नको लागि पटक-पटक विद्यालय प्रशासन र वि.व्य.स.लाई सकारात्मक सल्लाह सुझाव दिदै आएको कुरा सम्बन्धित पक्षलाई अपच भई विभिन्न झुटा लाञ्छना लगाई जागिरबाट नै अवकाश दिने निर्णयले नीज राहत शिक्षकमाथिको प्रहारले सम्पूर्ण राहत शिक्षक माथि नै प्रहार गरेको ठहर्छ । यस्तो किसिमको गलत निर्णय यथाशिघ सच्याई नीज शिक्षकलाई त्यस विद्यालयमा पुनः स्थापित गर्न हाम्रो संगठन अनुरोध गर्दछ । यद्यपी उक्त निर्णय नसच्याइएमा हाम्रो संगठन कडा संघर्षमा जान वाध्य हनेछ र संघर्षबाट उत्पन्न हुने परिणामको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने कुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौ ।”