शिक्षक जनक बोहोरालाई जनकारबाही !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बझाङका एक शिक्षकलाई जनकारबाही स्वरूप कालोमोसो दलेको बताएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडान ७ स्थित मजखोरी माध्यामिक विद्यालयका शिक्षक जनक बोहोरालाई नेकपाले आर्थिक अनियमितता, भ्रष्टाचारलगायत कार्यमा संलग्न रहेको भन्दै आइतबार कालोमोसो दलेको हो । कारबाही परेका बोहोरा विद्यालयमा प्रधानाध्यापक हुँदाका बखत चरम आर्थिक हिनामिना , विद्यालय पढाइको गुणस्तर खसकाएको, पारदर्शिता इमान्दारिता नदेखाएको नेकपा बझाङको आरोप छ । व्यापक विरोध पछि मात्र बोहोराले प्रधानाध्यापक बाट राजीनामा दिएका थिए ।
