छात्रालाई शारीरिक र मानसिक यातना दिने शिक्षकलाई कारबाही गर

काठमाडौं । अखिल क्रान्तिकारी सिन्धुलीले छात्रालाई शारीरिक र मानसिक यातना दिने शिक्षकलाई कडा भन्दा कडा सजायको माग गर्दै अन्यथा आफ्नो संगठनले कार्वाहि गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज दयाराम लुवारले सोमबार एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।
लुवारद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “कार्तिक २१ गते सिन्धुली जिल्ला सुनकोसी गा.पा. वडा न. ६ अमारे स्थित ग्रामकाली मा.बि. मा सामाजिक विषय अध्यापन गराउने शिक्षक मिलन दाहालले सोही बिधालय कक्षा ७ मा अध्ययनरत बर्ष ११ कि छात्रा गोमा बिकलाई शारीरिक र मानसिक यातना दिएका कारण यातना सहन नसकी घर फर्किएर बेलुका करिब ४:४५ बजे आफ्नै कोठामा झुण्डियर आत्महत्या गरेकि छन । उक्त घटनामा दोषी शिक्षकलाई कडा भन्दा कडा सजायको माग गर्दछौ । अन्यथा हाम्रो संगठनले कार्वाहि गर्ने चेतावनी दिन चाहान्छौं !”
