अखिल क्रान्तिकारीद्वारा सुवाल इन्टरनेशनल कलेजमाथि कारबाही

२०७९ मंसिर १३ गते, मंगलवार


काठमाडाैँ। अखिल क्रान्तिकारीले भक्तपुरको सुर्यविनानायकस्थित सुवाल इन्टरनेशनल कलेजमा तालाबन्दी गर्दै सांकेतिक कारबाही गरेको जनाएको छ । उक्त संगठनले सुवाल इन्टरनेशनल कलेज नामको नक्कली संस्था खडागरि शिक्षा मन्त्रालय, विश्वविद्यालय, सीटीईभीटी लगायत स्वदेशी र विदेशी कुनै पनि निकायबाट सम्बन्धन नलिई नर्सिङ,सामान्य चिकित्सा ( HA), फार्मेसी ,इन्जिनियरिङ लगाएत विभिन्न प्राविधिक र गैरप्राविधिक शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना गरि अध्यापन गराईरहेको पाईएको र विभिन्न कार्यक्रमको शुल्कका नाममा विद्यार्थीहरुबाट करोडौं रुपैयाँ ठगी गरेको पाईएले उक्त कलेजमा तालाबन्दी गरेर पुर्णरुपमा सधैंका लागि बन्द गरिदिएको जनाएको छ।
यस बिषयमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले सुवाल इन्टरनेशनल कलेज नामको संस्थालाई बन्द गरी संचालकलाई कार्वाही
गर्न सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग गर्दै संगठन कडाभन्दा कडा कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिएका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार