अखिल क्रान्तिकारी सिन्धुलीद्वारा छात्रा विभाग गठन

काठमाडौँ । अखिल क्रान्तिकारी सिन्धुलीले छात्रा विभाग गठन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले सोमबार अनिता सीको संयोकत्वमा ११ सदस्यीय जिल्ला छात्रा विभाग गठन गरेको हो । विद्यालयमा हुने महिला हिंसाका विरुद्धमा आवाज उठाउन र छात्राहरुलाई सुरक्षित साथ निर्धक्क भई पठनपाठन गर्ने वातावरण सिर्जना गर्न विभाग गठन गरिएको जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य दयाराम सीले बताए । यसैगरी , अखिल क्रान्तिकारी जिल्ला समितिको तेश्रो पुर्ण बैठकले पासाङ सीको संयोजकत्वमा १९ सदस्यीय २१ औँ जिल्ला सम्मेलन आयेजक समिति गठन गरेको छ । आगामी माघ २६ गते उक्त विद्यार्थी संगठनको २१ ओँ जिल्ला सम्मेलन ‘दलाल पुँजिवादी शिक्षाका विरुद्ध संघर्ष गरौँ, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संगठित बनौँ’ भन्ने मूल नाराका साथ सदरमुकाम सिन्धुलीमाढीमा अयोजना हुने जिल्ला इन्चार्ज दयाराम सीले जानकारी दिए । जिल्ला समितिको तेश्रो पूर्ण बैठक नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शशि सीको प्रमुख आतिथ्यता, जिल्ला इन्चार्ज दयाराम सी, नेकपाको वैकल्पिक केन्द्रिय सदस्य तथा जिल्ला सचिव गोपाल सी लगायतको आतिथ्यतामा सोमबार सम्पन्न भएको थियो ।