अखिल क्रान्तिकारी कालिकोटको अध्यक्षमा हस्त विक

२०७९ पुष ६ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कालिकोटको १४ औ जिल्ला सम्मेलनले हस्त विकको अध्यक्षतामा २७ सदस्सीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।
उक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्मेलनका प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले सम्वोधन गर्दै दलाल संसदीय व्यवस्थाको खरावीले शिक्षा क्षेत्रपनि दलालीकरणमा पुगेको वताए । उनले शिक्षामा भएको दलालीकरण र व्यापारीकरणका विरुद्ध अखिल क्रान्तिकारीको संघर्ष जारी गरेको र वैज्ञानिक समाजवादी व्यवस्था सहित वैज्ञानिक शिक्षाको लागि आफ्नो संगठन संघर्षरत रहेको वताए ।
यस्तै सम्मेलनका विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विराटले दलाल सत्ताको अन्त्य विना शिक्षा क्षेत्रमा सुधार नहुने भन्दै सवै विद्यार्थीहरुले दलाल सत्ताको अन्त्यको आन्दोलनमा लाग्न अपिल गरे । उनले तीन वुँदे सहमति कार्यान्वयना लागि ल्याएको सरकारको अध्यादेश विरुद्ध देशी विदेशी शक्तिहरु लागेर शान्ति भंग गर्न खोजेको ठोकुवा गरे ।
सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सी, जिल्ला सेक्रेटरी शाहासी सी , अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य शान्ति सी, संगठनका कोषाध्यक्ष प्रीतिमा सी, युवा संगठन नेपाल केन्द्रीय सदस्य एबं जिल्ला अध्यक्ष मिनेश सी लगायतको आतिथ्यता रहेको थियो ।
उक्त सम्मेलनको उद्घाटन सत्रमा शान्ति प्रीतिमा, शाहासी, रणदिपले समेत सम्मेलन सफलताको शुभकामना मन्तब्य राखेका थिए भने
तपेन्द्र ऐडीको अध्यक्षता सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]