अखिल क्रान्तिकारीद्वारा टिकापुर बहुमुखी क्याम्पसमा तालाबन्दी

काठमाडौं । अखिल क्रान्तिकारी कैलालीले टिकापुर बहुमुखी क्याम्पसमा विभिन्न माग राख्दै तालाबन्दी गरेको छ। शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता भएको,राजनीतिक भागबन्डाका आधारमा क्यापस चलाउने गरेको,नियम अनुसार विद्यार्थीलाई छात्रवृत्ति नदिएको लगाएतका मागहरू राख्दै अखिल क्रान्तिकारी कैलालीले तालाबन्दी गरेको हो।
अखिल क्रान्तिकारी कैलाली जिल्ला सदस्य तथा टिकापुर संयोजक कमलेस कठायत नेतृत्वको टिमले क्याम्पस प्रमुख केसर कुवरको कार्यकक्षमा बिहिवार तालाबन्दी गरेको छ।
क्रान्तिकारी विद्यार्थी सङ्गठन कैलालीले दिएको जानकारी अनुसार ,मनोमानी तरिकाले करारमा शिक्षक नियुक्ति गरेको,विद्यार्थीहरुलाई दिइनुपर्ने छात्रवृत्ति नदिएको, क्याम्पसलाई राजनीतिक भाग भागबन्डामा चलाउने गरेको ,प्रयोगशाला र ल्याब काे व्यवस्था नभएको,नियमित सबै विषय पठनपाठन नगरेको, पुस्तकालयमा पाठयपुस्तकको उपलब्धता नभएको बताइएको छ।
क्याम्पसको सुधार र उन्नतिका लागि अखिल क्रान्तिकारीले उठाएका मागहरु अबिलम्ब पुरा हुनु पर्ने अन्यथा थप संघर्षका कार्यक्रम सहित आन्दोलनमा उत्रने चेतावनी समेत अखिल क्रान्तिकारीले दिएको छ। -पृथ्वी लुवार