राष्ट्रिय मावि कैलालीका लेखापाललाई तत्काल वर्खास्त गर्न माग

काठमाडौं । अखिल क्रान्तिकारी कैलालीले घोडाघोडीस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत लेखापाल विष्णुबहादुर बिकलाई तत्काल तत्काल बर्खास्त गरि कार्बाही गर्न माग गरेको छ। अखिल क्रान्तिकारीले उक्त बिद्यालयले स्थापना गर्न लागेको आवासीय बिद्यालय निर्माणको क्रममा भएको आर्थिक अनियमितता र त्यसबारे स्थानीयको धारणा बुझ्न र स्थलगत अध्ययन गर्न गएको बेला लेखापाल बिकले जाडरक्सी प्रयोग गरि अखिल क्रान्तिकारीका नेता कार्यकर्तामाथि अभद्र व्यबहार गरेकोले उनलाई बर्खास्त गर्न माग गरिएको हो। स्थानीय भिजलान्तेहरुको प्रयोग गरि कार्यक्रम बिथोल्न प्रयत्न गरेको भन्दै लेखापाल बिकलाई कार्बाही , आर्थिक अनियमितताको पारदर्शीकरुपमा सार्वजनिकरण र स्थानीयवासीहरुको उचित वसोवास गर्न तत्काल बिद्यालयले प्रशासनले पहल गर्नु पर्ने अन्यथा आन्दोलन गर्न बाध्य हुने जनाएको छ।
अखिल क्रान्तिकारीका सुदुरपश्चिम इन्चार्ज बबरजङ्ग सिंहद्वारा मङ्गलबार हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ – ‘कैलालीको घोडाघोडी नगरपालिका स्थित राष्ट्रिय माध्यमिक बिद्यालय अन्तरगत स्थापना हुन गइरहेको बिशेष आवासीय बिद्यालय निर्माणको क्रममा भएको अनियमितता र सो कार्यबाट स्थानीय जनसमुदायको आवासमा पर्न गएको जोखिम र बिद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे स्थलगत अनुगमन अन्तरक्रिया गरिरहेको अवस्थामा उक्त बिद्यालयमा कार्यरत सहायक लेखापाल बिष्णु बहादुर बिकले लागू पदार्थ सेवन गरि बिद्यालयमा आइ हाम्रो संगठनको नेताकार्यकर्ता माथी अभद्र व्यवहार गरेकोले ,सम्झाउन खोज्दा उल्टै प्रहरी प्रशासन र आवारा भिजलान्ते समेत बोलाइ कार्यक्रम बिथोल्ने निकृस्ट हर्कत गरेको प्रति हाम्रो संगठन घोर निन्दा एवं भत्सर्ना गर्दछ। साथै सो कार्यमा संलग्न निज कर्मचारी बिष्णुबहादुर बिकलाई तत्काल बर्खास्त गर्न,बिद्यालयको सबै आर्थिक बिषय पारदर्शी गर्न र जनताको बसोवासको उचित ब्यवस्थापन गर्न हामी बिद्यालय प्रशासन लगायत जिम्मेवार निकाय संग जोडदार माग गर्दछौं। अन्यथा हाम्रो संगठन संघर्ष गर्न बाध्य हुनेछ। र उत्पन्न परिस्थितिको जवाफदेहि स्वयं बिद्यालय प्रशासन हुनपर्ने कुरा यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइन्छ।’