अखिल (क्रान्तिकारी) सुर्खेतको सम्मेलन माघ २७ गते

२०७९ पुष १७ गते, आईतवार

काठमाडौं । अखिल क्रान्तिकारी सुर्खेतले जिल्ला व्यापी संगठनलाई विस्तार र सुदृढ गर्दै शिक्षा क्षेत्रका विकृति विरुद्ध संघर्षको उठान गर्न आगामी माघ २७ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार सुर्खेतको सदरमुकाम विरेन्द्रनगरमा भएको अखिल (क्रान्तिकारी) को बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ध्रुव सी, जिल्ला सेक्रेटरी जीत सी र संगठनका केन्द्रिय सदस्य तुलराज सीको विशेष उपस्थिति रहेको थियो । बैठकले सम्मेलनको पुर्वसन्ध्यामा संगठन बिस्तार , प्रचारप्रसार र व्यवस्थापन सङ्ग सम्बन्धित कामहरुलाई घनिभुत गर्ने निर्णय समेत गरेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु