चिकित्सक संघको हड्ताल : आकस्मिक बाहेकका सेवा बन्द

२०७९ माघ २९ गते, आईतवार


काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् । आइतबार देशभरका सरकारी, गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प छन् ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद बैठकलाई सम्बोधन गर्न जाने क्रममा एक स्वास्थ्यकर्मीमाथि प्रहरीले दुु्ब्यवहार गरेको भन्दै चिकित्सक संघले आइतबार एक दिन सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गराएको हो ।

प्रतिक्रियाहरु

[anycomment]