मेडिकल विद्यार्थीको जायज र गम्भीर माग तत्काल पुरा गर

२०७९ फाल्गुन ११ गते, बिहीबार


काठमाडौ । अखिल (क्रान्तिकारी) ले मेडिकल विद्यार्थीको जायज र गम्भीर माग तत्काल पुरा गर्न सम्बन्धित निकाय लाई आग्रह गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले निजि मेडिकल तथा डेन्टल कलेज एसोसियसनलाई ध्यानाकर्षण पत्र बुझाउदै सो आग्रह गरेको हो यासैक्रमममा बुधबार अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र एशोसियसनका अध्यक्षलाई भेटी बुझएको छ । बिगत लामो समयदेखि चिकित्सा शिक्षामा MBBS/BDS विषयका विद्यार्थीहरु आन्दोलनरत रहेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै नियमित कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई दोस्रो बर्ष पछि चिकित्साशास्त्र अध्ययन संस्थान(IOM)ले ब्यारिएर सिस्टमको नाममा निस्कासन गर्नु र विद्यार्थीबाट कलेजले पाँच बर्षको शुल्क लिनु न्याय संगत नभएकाले पीडित विद्यार्थीहरुलाई नियमित पठनपाठन र परिक्षाका लागि पहल गर्न निजि मेडिकल तथा डेन्टल एसोसिएसन नेपाल लाई ध्यानाकर्षण पत्र बुझाएको अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले बताए।
ध्यानाकर्षण पत्रमा दुई वटा मागहरु समावेश गरिएको छ,
(१) IOM को ब्यारिएर प्रणाली खारेज गर्नु पर्ने,
(२)अध्ययन र परिक्षाको व्यवस्था गर्न नसके विद्यार्थीबाट गैरकानुनी रुपमा लिएको पाँच बर्षको शुल्क ब्याज सहित फिर्ता गरिनुपर्ने ।साथै मेडिकल विद्यार्थीको जायज र गम्भीर मागहरूप्रति एसोसिएसनले समयमै सम्बोधन नगरे देशब्यापी आन्दोलन र तालाबन्दी गर्ने अध्यक्ष प्रकाश सीले बताए।
भक्तपुर स्थित चिकित्सा शिक्षा आयोगमा निजि मेडिकल तथा डेण्टल कलेज एसोसिएसनको बैठक चलिरहेको बेला अखिल (क्रान्तिकारी)का नेताकार्यकर्ता र पीडित विद्यार्थीहरु पुगि कलेज संचालकहरुलाई दबाब स्वरुप केहि समय घेराउ पनि गरिएको अध्यक्ष प्रकाशले बताए!
करिब डेढ बर्ष देखि मेडिकल विद्यार्थी आफुमाथी अन्याय भएको भन्दै न्यायको निम्ति विभिन्न किसिमका संघर्षहरु गर्दै आइरहेका छ्न भने मेडिकल विद्यार्थीको आन्दोलनलाई अखिल (क्रान्तिकारी) ले शुरुवाती चरण देखि सहयोग- समर्थन गर्दै आइरहेको छ।- अनिल केसी

प्रतिक्रियाहरु

[anycomment]