अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस समितिद्वारा रक्तदान

काठमाडौ । अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिले बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रमा १ सय २० जना छात्राहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमलाई उद्घाटन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले आफ्नो संगठनले जनताको जीवन रक्षाको निम्ति सधैं लागिपरेको बताए। उनले रगत अभावका कारण कोही पनि अकालमा ज्यान गुमाउन नपरोस् ,हाम्रो रगतले मान्छेले नयाँ जीवन पाओस भनेर कार्यक्रमको आयोजना गरेको बताउदै आफ्नो संगठन क्याम्पस ,कलेजहरुमा यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै सबै विद्यार्थी हरुलाई गोलबन्द गर्दै आएको जानकारी दिए।
अध्यक्ष प्रकाशले चैत्र ५ गते स्ववियु निर्वाचन हुने भएकाले सबै विद्यार्थीहरुले अखिल क्रान्तिकारी लाई मतदान गर्न अपिल गरे।अखिल क्रान्तिकारीले जिते मात्र विद्यार्थीका एजेन्डा ,मुद्दा हल हुने र क्याम्पसहरुमा प्राज्ञिक वातावरण बन्ने उनको भनाइ थियो ।क्याम्पस/ कलेजहरुलाई नमुना बनाउने आफुहरु संग योजना र प्रस्ट खाका रहेको उनले बताए ।
रक्तदान कार्यक्रमकोसहजीकरणअखिल(क्रान्तिकारी)पद्मकन्या क्याम्पस इकाई कमिटी अध्यक्ष प्रजिना सीले गरेकि थिईन भने कार्यक्रममा संगठनका उपाध्यक्ष ,सचिवालय सदस्य ,केन्द्रीय सदस्य ,जिल्ला समितिका पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो। ।