स्ववियु निर्वाचनकाे प्रक्रिया सुरू

२०७९ फाल्गुन १९ गते, शुक्रबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया आजदेखि सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार दिउँसो ३ बजेभित्र दर्ता गर्नु पर्ने भएकाे छ  । यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन हुने विश्वविद्यालयले जनाएकाे छ । नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दावी विरोध गर्न पाइने भएकाे छ । दावी विरोधमाथि छानविन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका समेत तय गरिएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु