अखिल (क्रान्तिकारी) सुर्खेतद्वारा स्ववियू निर्वाचनमा सहभागी हुने नामावली सार्वजनिक

२०७९ फाल्गुन २१ गते, आईतवार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सुर्खेतले स्ववियू निर्वाचनमा सहभागी हुने उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । क्रान्तिकारीले विशेषगरी मध्यपश्चिम विश्वविद्यालयमा संगठनको तर्फवाट चीन वहादुर वोगटीले स्ववियू निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । शनिवार सुर्खेतको पार्टी कार्यालयमा भएको छफलफलले यस्तो निर्णय गरेको नेकपा सुर्खेतले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज ध्रुव सी, सचिव जित सी,अखिल (क्रान्तिकारी ) का केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज तुलराज तिरुवा मध्य पश्चिम विश्वविद्यालय तथा सुर्खेत बहुमुखी क्याम्पस इन्चार्ज कमल शाही, क्याम्पस अध्यक्ष बसन्त रोकाया लगायत बिश्वबिद्यालय कमिटीका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]