ललितपुरमा कोरोनाको बुस्टर खोप दिइदै

२०७९ चैत्र ९ गते, बिहीबार


काठमाडौँ । ललितपुरमा आज चैत ९ र भोलि १० गते कोरोना विरुद्धको बुस्टर खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टले जिल्लाका ६ वटै पालिकाका ५५ वर्षमाथिका वृद्ध, फ्रन्टलाइनर स्वास्थ्यकर्मी, गर्भवति महिला र दीर्घ रोग भएका करिव ६४ हजार जनाका लागि बुस्टर खोप दिन लागिएको बताए । उनका अनुसार जिल्ला जुनसुकै खोप लगाएका व्यक्तिलाई फाइज वायोएनटेक बुस्टर खोप लगाउने बताए ।
बुस्टर खोपका लागि स्वास्थ्य कार्यालयले ३१ हजार फाइजर वायोएनटेक खोप पालिकाहरूका लागि पठाइसकेको छ । ललितपुर महानगरपालिका लागि १५ हजार, महालक्ष्मी नगरपालिकाका लागि ५ हजार ७ २५, गोदावरी नगरपालिकाका लागि ३ हजार १८८, महाँकाल गाउँपालिकाका लागि ८८६, कोन्ज्योसोम गाउँपालिकाका लागि ७४९ र वागमती गाँउपालिकाका लागि ४९० खोप पठाइएको विष्टको भनाई छ ।
५५ वर्ष माथिका सवै नागरिकहरूलाई पहिलो बुष्टर नलगाएकाहरूलाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने, स्वास्थ्यकर्मी, गभर्वति, १२ वर्ष माथिका दिर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू पहिलो बुष्टर नलगाएकालाई पहिलो बुष्टर र पहिलो बुष्टर लगाएर ६ महिना पुगेकालाई दोस्रो बुष्टर मात्रा दिने खोप प्रवाहको रणनीति रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]