माओवादी केन्द्रका विद्यार्थी नेता नेकपामा समाहित

२०७९ चैत्र १९ गते, आईतवार


काठमाडौँ । नेकपा माओवादी केन्द्र भोजपुरका विद्यार्थी नेता नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन। माओवादी केन्द्र केहि सिमित व्यक्तिको स्वार्थ र घेराबन्दीबाट चलिरहेको , विधि पद्धति र विचारको परित्याग गर्दै काम गरिरहेको भन्दै उनीहरुले माओवादी केन्द्र समर्थित बिद्यार्थी सङगठन परित्याग गरेको एक प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका हुन। शुक्रबार जारी बिज्ञप्ती अनुसार थिरेन्द्र किराँती (अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला सचिवालय सदस्य), राम प्रसाद राई (गाउँ कमिटि अध्यक्ष) र गोकुलधन राई( अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटि सदस्य तर भोजपुर बहुमुखी क्यामास स्ववियु सदस्य) गरी तीन नेताले माओवादी परित्याग गरेको बताईएको छ।

प्रतिक्रियाहरु

[anycomment]