अखिल क्रान्तिकारी दाङद्वारा दोषी शिक्षकलाई तत्काल कारबाही गर्न माग
२०७९ चैत्र २३ गते, बिहीबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) दाङले एसइइ दिइरहेकी छात्रामाथि करणी गरि फरार भएका शिक्षक खुमानन्द पौडेल तत्काल कारबाही गर्न माग गरेको छ । उक्त संगठनले घटनाको दोषीलाई तत्काल कानुनी दायरामा लिइ हदैसम्मको कारवाही गर्न र पिडित बिद्यार्थी छात्रालाई उचित न्याय दिन जोडदार माग गरेको छ। अन्यथा संगठन थप संघर्षमा जान बाध्य हुने चेतावनी दिइएको छ ।
यस बिषयमा अखिल क्रान्तिकारी दाङका अध्यक्ष खुमन सीले जारी गरेको बिज्ञप्ती :