सूर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाई !

२०८० बैशाख ७ गते, बिहीबार

काठमाडौँ । विराटनगर महानगरपालिकाका सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाई गरिएको छ । महानगरपालिकाको सम्पन्न ११ औं नगरसभाले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको हो । महानगरले माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ । महानगरको टोली पसल–पसलमा अनुगमन गर्नका लागि खटिएको छ । चुरोट, गुट्खा र खैनी लगायतका सूर्तीजन्य पदार्थको सेवनले मानिसलाई क्यान्सर लगायतका रोग लाग्ने महानगरले जनाएकाे छ । जसका कारण फोहोर समेत हुने भएकाले सार्वजनिक स्थानमा सेवन र बिक्री निषेध गरेपछि महानगरको टोली कार्यान्वयनमा उत्रिएको सरसफाई शाखा प्रमुख पुनम दाहालले बताए ।
महानगरको निर्णय कार्यान्वयन भएन-नभएको अनुगमन गर्नका लागि समिति समेत बनाइएको उनले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]