त्रिभुवन विश्वविद्यालयका उपकुलपति र अखिल(क्रान्तिकारी) बीच छलफल

२०८० बैशाख १६ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटासंग छलफल गरेकाे छ। शुक्रवार त्रि.वि उपकुलपति कार्यालय कीर्तिपुरमा भेटेर महत्वपूर्ण सुझाव तथा सल्लाह दिएको हो। भेटमा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र सी ले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी लाई स्थानीय उत्पादनसंग जोडेर अर्थतन्त्रमा टेवा दिने खालको कोर्सहरु तयार गर्न सुझाव दिएका छन्। साथै उपाध्यक्ष नरेन्द्र सीले त्रि वि को पठनपाठन ,परिक्षा प्रणाली ,नतिजा प्रकाशन ,शैक्षिक प्रमाणपत्र वितरण प्रणाली पुरानै परम्परागत तरिकाको रहेकाले विद्यार्थीले साह्रै हैरानी खेप्न परेकाले तत्काल सुधार गर्न सुझाव दिएका थिए। साथै उपाध्यक्ष नरेन्द्र ले त्रि वि ले स्ववियु निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै धन्यवाद दिदै देशै भरी पाँच स्थानमा सभापतिमा निर्वाचित भएर आफ्नो संगठन पाचौं ठुलो संगठन बनेको भन्दै क्याम्पस हरुमा नमुना काम गर्न त्रि वि ले आवस्यक सहयोग गर्न उपकुलपति लाई आग्रह गरेका थिए।
यस्तै संगठनका केन्द्रीय सचिव प्रकाश जप्रेलले त्रि वि पछिल्लो समय झन संकट ग्रस्त भएकाले तत्काल सुधारका काम गर्न आग्रह गरेका थिए साथै उनले महाकाली पारी दोधारा चाडनी का विद्यार्थीहरु जोखिम मोलेर महेन्द्रनगर आएर परिक्षा दिन परेको भन्दै दोधारा चादनिमै परिक्षा केन्द्र राख्न माग गरेका थिए साथै सचीव प्रकाशले कंचनपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको आँगिक क्याम्पस सिद्धनाथ क्याम्पस लाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न , शैक्षिक प्रमाणपत्र लिन बल्खु आउनु पर्ने बाध्यताको अन्त्यको लागि प्रत्येक प्रदेश बाटै व्यवस्था गर्न सुझाव दिएका थिए।
यस्तै संगठनका सचिवालय सदस्य तथा त्रि वि ब्यूरो इन्चार्ज अनिल के सी ले त्रिभुवन विश्वविद्यालय “विश्वविद्यालय क्याम्पस”कीर्तिपुरमा म्यानेजमेन्ट ,समाजशास्त्र लगायतका बिषय हरु बिहानि सिप्टमा संचालन गर्न,प्राइभेट कार्यक्रम हरुको शुल्क महंगो भएकाले शुल्क कम गर्न,परीक्षा नियन्त्रण कार्यालय लाई व्यवस्थित गर्न,समयमै परिक्षा संचालन ,रिजल्ट प्रकाशन गर्न,नेपालको माटो सुहाउँदो कोर्षहरु निर्माण गर्न ,सेवा आयोग लाई कामकाजी बनाउन ,त्रि वि को सबै क्षेत्रमा डिजिटलाइज गर्न सुझाव दिएका थिए।
जवाफमा उपकुलपति ले अखिल क्रान्तिकारीले राखेका विषयबस्तु र सुझाव निकै महत्वपूर्ण र गम्भीर भएको भन्दै आफू त्रि वि सुधारको निम्ति लागिपरेको र विभिन्न कारक तत्व हरु को कारण परिणाम नआएको बताए साथै उनले अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सुधारमा सहयोग गर्न अनुरोध गरेका थिए।
अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र सी को नेतृत्वमा संगठनका सचीव प्रकाश ,कोषाध्यक्ष प्रीतिमा,सचिवालय सदस्यद्वय अनिल ,लोकेश,बझाङ दिप क्याम्पस बझाङका स्ववियु सभापति तथा संगठनका केन्द्रीय सदस्य कमल थापा,नन्दादेवी बहुमुखी क्याम्पस कालिकोटका स्ववियु उपाध्यक्ष संग्राम शाहीको सहभागीता रहेको थियो। अखिल(क्रान्तिकारी) ले शैक्षिक क्षेत्रका सरोकार वाला निकाय संगको छलफललाई तिब्रता दिएको छ हिजो मात्र विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयमा संगठनका उपाध्यक्ष नरेन्द्र सी को नेतृत्वमा गएर छलफल तथा भेटघाट गरेको थियो । – अनिल के सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

न्याम्सको बजेट पारित

२०८२ श्रावण २८ गते, मंगलवार

‘चिकेन एनेमिया भाइरस’ भेटियो

२०८२ श्रावण २८ गते, मंगलवार

प्रशोधित पिउने पानीको अनुगमन तीव्र

२०८२ श्रावण २७ गते, सोमबार