सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुले नियम विपरीत शुल्क असुलिरहेको विषयमा नगरका मेयर पदम बोगटी लाई ध्यानकर्षण गराएको छ । बिहीबार नेकपा नेताहरुले बोगटी संग भएको भेटवार्तामा नियम विपरीत शुल्क लिने सामुदायिक विद्यालयहरुलाई कारबाही गर्न र विद्यालयहरुलाई शुल्क लिन बन्द गराउन माग गरेका हुन् ।
मेयर बोगटीले नेपाल कम्युनिस्ट पार्टी र अखिल क्रान्तिकारीले उठाएका जायज मागलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । सो भेटघाटमा नेकपा जिल्ला इन्चार्ज विराट सी , वीरेन्द्र सी र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित सी लगायत जिल्लाका अन्य नेताहरूको सहभागिता रहेको थियो । – गणेश एसके