विद्यार्थी नेता डिवि सीलाई तत्काल रिहा गर

काठमाडौँ । अखिल क्रान्तिकारीले गिरप्तार विद्यार्थी नेता डिवि सीलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ। सो संगठनका अध्यक्ष प्रकाश सीले आज एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । अध्यक्ष प्रकाश सीले नेता डिवि सीलाई तत्काल रिहा नगरे कडा संघर्षमा उत्रिने र संघर्षवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रहरी प्रशासन हुनेसमेत चेतावनी दिएका छन ।
अध्यक्ष प्रकाश सीले द्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘हाम्रो संगठनका सचिवालय सदस्य तथा सिटिइभिटि व्युरो ईन्चार्ज क. डिवि सी लाई हिजो वेलुकी ५ बजे ५९ औँ विद्यार्थी दिवसको कायक्रम स्थल राष्ट्रिय नाचघर जमलवाट प्रहरीले कृतिम आर्थिक विषय बनाई षड्यन्त्रपुर्ण ढंगले झुट्टामुद्धामा गिरप्तार गरि सोह्रखुट्टे हिरासतमा राखेको छ । विद्यार्थी दिवसको कायक्रममा रहेको वेला गुण्डागर्दी शैलीमा प्रहरीले गरेको गिरप्तारिको हामी घोर निन्दा एवं भ्रत्र्सना गर्दछौँ । साथै उहाँलाई तत्काल रिहाई गर्न माग गर्दछौँ । गिरप्तारीको विरोधमा भोली दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन आयोजना गरिएको समेत यहि विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ । गिरप्तार विद्यार्थी नेतालाई तत्काल रिहा नगरे हामी थप कडा संघर्षमा उत्रिने र संघर्षवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रहरी प्रशासन हुने विषय समेत चेतावनी दिन चाहन्छौँ ।
संघर्षका कार्यक्रम:
२०८० जेठ ३ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन ।”