अखिल (क्रान्तिकारी) पुर्वी राेल्पाद्वारा संगठन विस्तार अभियानलाई तिव्रता
२०८० जेष्ठ २६ गते, शुक्रबार
काठमाडौँ । अखिल क्रान्तिकारी पुर्वी राेल्पाले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । उक्त संगठनका संयाेजक सिस्ने जलजलाका अनुसार संगठन विस्तार अभियान अन्तरगत विहिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी-६,फगाम राेल्पामा मावि स्तरिय मुल इकाई समिति गठन गरिएको छ । जुना पुनमगरकाे अध्यक्षतामा ३५ सदस्यीय मुल इकाई समिति गठन गरिएकाे हाे समितिकाे अन्य पदाधिकारीहरूमा उपाध्यक्ष गणेश परियार सचिव विर्मति पुनमगर काेषाध्यक्षमा रेणुता पुनमगर र सहसचिवमा रवि विक चयन भएकाे अभियानमा सहभागी मन मगरले जानकारी दिएका छन् ।