राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत ५० हजार घुससहित पक्राउ

२०८० जेष्ठ २६ गते, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत् अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराई घुसहित पक्राउ गरेको छ । उनलाई शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो । भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियार स्रोतले बताएको छ । घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]