अखिल (क्रान्तिकारी) काठमाडौं (K1) को अध्यक्षमा हस्त सी

२०८० जेष्ठ २७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौं (K1) जिल्लाको पहिलो सम्मेलनबाट अध्यक्षमा हस्त सी निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनिषा सी, सचीवमा नविन सी, सह-सचिवमा ललित सी,कोषाध्यक्षमा चेतन सी र सदस्यहरुमा चेतन सी, अर्पण सी, सुवास सी, अञ्जली सी, शेर सी, आजाद सी, दिवाकर सी, लेखराज सी, नहकुल सी, रामचन्द्र सी, आरती सी, विशाल सी, जोत्सिखा सी, लक्ष्मी सी, मनीषा सी, रोहित सी, सुजिता सी, देवीका सी, बेकलाम सी, हर्क सी रहेका छन् ।
“शिक्षामा निजीकरणको अन्त्य र समाजवादी शिक्षा हाम्रो अभियान सुदृढ संगठन सशक्त विद्यार्थी आन्दोलनका लागि प्रथम जिल्ला सम्मेलन” भन्ने मूल नारासहित शुक्रबार बागबजारस्थित पद्मकन्या क्याम्पसमा भएको सम्मेलनले हस्त सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

उक्त सम्मेलनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले शिक्षामा भएका विकृति, विसङ्गतिहरुको अन्त्यका लागि संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । अध्यक्ष प्रकाशले आज देशमा आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने स्थिति रहेको बताए । मूल कानुन संविधानमा नै शिक्षा र स्वास्थ्य जस्ता विषय निःशुल्क व्यवस्था गरिएको भएपनि राज्य बेखबर हुँदा यिनै क्षेत्रमा ठूलो व्यापारीकरण भएको उनको भनाइ छ । ‘हाम्रो देशमा रहेको दुईखाले विभेदकारी शिक्षा प्रणालीको विरुद्ध अखिल (क्रान्तिकारी) ले निरन्तर खबरदारी गर्नुपर्छ, अध्यक्ष प्रकाश सी भने ।
सरकारी स्तरबाट सञ्चालित विद्यालयहरूमा राज्यको गैरजिम्मेवारीकै कारण विद्यार्थीलाई प्राविधिकदेखि अन्य गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि आगामी दिनमा अखिल (क्रान्तिकारी) को अहम भूमिका निभाउनु पर्नेमा उनको जोड थियो ।
अध्यक्ष प्रकाशले भने,“ देशको भूभाग मिचिदा पनि राष्ट्रप्रति जिम्मेवारी प्रकट नगर्ने युवा जमातलाई देशको राष्ट्रियताको संरक्षण र नेपाली इतिहासप्रति सजकता पैदा गरी राष्ट्रियताको रक्षा र जनताको समस्या समाधानका लागि संसदीय व्यवस्था विरुद्ध संघर्षमा लाग्नु उद्देलित गर्ने अखिल (क्रान्तिकारी) को जिम्मेवारी हो ।”
केही मान्छेले भने यही व्यवस्था अहिलेको संकटको निकास नभई वैज्ञानिक समाजवाद मात्रै सबै कुराको हल भएको उनको जिकिर छ ।
उक्त सम्मेलनमा सहभागी अर्का वक्ता अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव प्रकाश सीले अहिलेको राजनीतिक परिस्थिति युवा विद्यार्थीलाई गलत ढंगबाट बुझाइएको बताए । यथास्थितिलाई नै प्रसय गर्ने गरी सञ्चालित अहिलेको सामाजिक, राजनीतिक अवस्थालाई क्रान्तिकारी आन्दोलनसंग जोड्नु वर्तमान आवश्यकता रहेको उनको भनाइ थियो । विद्यमान रहेको शिक्षा प्रणालीमा विश्वमा आएको फेरबदलसँगै प्रतिस्पर्धात्मक आधुनिक र प्रविधि मैत्री शिक्षा उपलब्ध नहुँदा नेपाली युवा विद्यार्थीले विदेशको सपना देख्नुपर्ने अहिलेको विडम्बना रहेको सचिव उनले बताए । शैक्षिक क्षेत्रमा नयाँ ढंगले बढ्दै गएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न संगठनले पहलकदमी लिने विद्यार्थी नेता प्रकाशकाे भनाइ थियो ।


अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश सीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको अध्यक्षता हस्त सीले गरेका थिए । विशिष्ट अतिथिहरुमा पार्टीका k1 जिल्ला इन्चार्ज सुरेन्द्र सी त्यसैगरी अतिथिहरुमा संगठनका सचिव प्रकाश सी, संगठनका केन्द्रीय सचिवालय सदस्यहरू अटल सी, तारा सी, अनिल सी लगायत विद्यार्थी नेताहरुको सहभागिता थियो ।

प्रतिक्रियाहरु

[anycomment]