असार १ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी !
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले असार १ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै काठमाडौंको बानेश्वरमा थाल बजाएर सरकारको विरोध गरेको छन । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएका हुन् । विरोध कार्यक्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलबमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई विरोध गर्नुपरेको बताए । उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभएमा अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए । साथै जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन सुरु गर्ने पनि उनले जानकारी दिए । उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको, बजेटमै सम्बोधन नगरेको, २०७९ साल भाद्र १ गतेदेखि गरिएको आन्दोलन, भाद्र १९ गते गरेको पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय विद्यालय कर्मचारीको दुई तहको तलवमान २४ हजार ७ सय २ सहयोगी, ३२ हजार ९०२ लेखा सहायक, यसरी निजामति कर्मचारी सरहको खरदार र सुब्बा सरहको तलवमान दिने भनेर निर्णय गर्दा समेत अर्थमन्त्रालय आनाकानी गरी रोकियो भनेर लामो समयदेखि भनिँदै आएको छ । आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन छ । १ गतेसम्म शाीन्तपूर्ण गर्छौं र तर भोलिदेखि रिले अनशन भद्रकाली गर्नेछौँ । आज थाल बजाएर विरोध गरेका हौँ ।’
उनले थाल बजाएर विरोध गर्नुको अर्थ पनि बताए । भने, ‘सरकारले थाल किन्ने पैसा दियो तर थालमा राखेर खानेकुरा दिएन, त्यसैले बिरोध गरेका हौँ । २ गतेदेखि विद्यालय बन्द गर्ने कार्यक्रम अनिश्चितकालीन बन्द गर्नेछौँ ।’