अखिल क्रान्तिकारीको कार्यक्रममाथि प्रहरी हस्तक्षेप : दर्जन नेता-कार्यकर्ता पक्राउ
काठमाडौँ । अखिल क्रान्तिकारीले नक्कली भुटानि शरणार्थी काण्डका दोषीलाई कारबाहीको माग गर्दै गरेको दबाब कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरी दर्जन नेताकार्यकर्ता पक्राउ गरेको छ। उक्त कार्यक्रमवाट पहारीले नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश स सहित दर्जन बढी नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार काठमाण्डौं जिल्ला अदालत परिसरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीलगायतको कारबाहीको माग गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सी, सचिव प्रकाश सी, सचिवालय सदस्य अटल सी , तारा सी , डिवि सी ,लोकेश सी,अनिल सी शारदा सी, केन्द्रिय सदस्यहरु हस्त सी,आदेश सी,समिर सी, सागर सी लगाएत दर्जन नेता कार्यकर्ता रहेको जनाइएको छ ।