प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुस सहित पक्राउ

२०८० असार २६ गते, मंगलवार

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको छ । अख्तियारका अनुसार कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट पक्राउ परेका हुन्।
उनीहरु माथी थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]