निमावि तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोगले आज एक सूचना जारी गर्दै निम्न माध्यमिक तह (निमावि) अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजस्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन आयोगले आग्रह गरेको छ ।