अखिल (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा रोहित सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सिन्धुलीको तेस्रो जिल्ला सम्मेलनले रोहित सी को अध्यक्षतामा २१ सदस्यिय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सर्मिला सी, सचिव अनिता सी सहसचिव विनाेद सी र कोषाध्यक्षमा पुष्पा सी लगायत रहेका छन ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शशि सी,अतिथि अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिव प्रकाश सी, व्यूरो कार्यलय सचिव राजन सी , अखिल( क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य तथा व्यूरो ईन्चार्ज रमेश सी, केन्द्रीय सदस्य हस्त सी, मगर मुक्ति माेर्चा नेपालका केन्द्रीय कार्यलय सचिव हरि सी रहेका थिए भने सर्मिला सी ले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पुष्प सी ले गरेका थिए।