अखिल (क्रान्तिकारी) छात्रा बिभागद्वारा` छात्रा आत्मसुरक्षा´ तालिम सञ्चालन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) छात्रा बिभागले छात्राहरूका लागि `छात्रा आत्मसुरक्षा´ तालिम सञ्चालन गरेको छ। उक्त । तालिम उद्वघाटन गर्दै अखि (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र सीले देशमा रहेका बिभिन किसिमका बिकृतिको बिराेध र प्रतिकार गर्न एवम् आफ्नाे आत्मसुरक्षाका लागि याे तालिमकाे आयाेजना गरिएकाे र संसारभरिका महिला तथा छात्राहरु बलत्कारकाे सिकार भएको बताए।
यसैगरी , छात्रा बिभाग प्रमुख तारा सञ्ज्यालले समाजमा महिलाहरु माथी हिंसात्मक घटना बढ्दै गएको बेला स्कुल/ कलेजमा अध्ययनरत छात्राहरूमाथी समेत हिंसा र दुर्ववहारका घटनाहरु बढेको र यसले उनीहरुलाई पीडित बनाएको भन्दै त्यसविरुद्का घटनाहरूको न्यूनीकरण गर्न, सरकार र अन्य सरोकारवालाहरुलाई दवाब दिने उदेश्यले आत्मसुरक्षा तालिम जरुरी रहेको बताइन् ।
उनले भनिन – “देशमा माओवादी आन्दोलन नचलेको भए महिलाहरु नेपाली सेना र प्रहरीमा समेत भर्ति हुन संभव थिएन। माओवादी जनयुद्वकाे कै कारण पढाइ र लडाइमा समेत अब्बल भुमिका रहने छात्राहरु सचेत नहुने हाे भने देशमा बिकृति र भ्रष्टाचार बढ्दै जानेछ।’
त्यस्तै कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का सचीव प्रकाश सीले नेपालमा कैयौं विद्यार्थी संगठनहरु भएपनि आफ्ना नेतालाई सत्तामा पुर्याउनकाे लागि मात्र काम गरिरहेका र आफुहरुले निर्मला पन्तकाे न्यायकाे लगि धेरै चाेटी हिरासत बसाइ , अक्सर ग्यास र लाठी चार्ज खाएकाे बताए ।
अखिल (क्रान्तिकारी) छात्रा बिभाग प्रमुख तारा सन्ज्यालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमलाई विद्यार्थी नेतृ सरस्वती कार्कीले सञ्चालन गरेकी थिईन।तालिमलाई सुभाष तामाङ,विवेक महर्जन र शिक्षक प्रतिनिधि सुरेन्द्र देबकोटाले सहजीकरण गरिरहेका छन भने करिब ३५ जना छात्राहरू सहभागी कार्यक्रममा विद्यार्थी नेता अटल सीको समेत सहभागीता रहेको थियो।
अखिल( क्रान्तिकारी )छात्रा बिभागकाेआयाेजना तथा चन्द्रगिरी तेक्वान्दो दाेजाङको सहर्कायमा तीन दिनसम्म सञ्चालन भएको उक्त तालिम तीन दिन सम्म चल्ने बताइएको छ।