समाजवादी मोर्चानिकट विद्यार्थीहरू आमरण अनशनमा

२०८० भाद्र १० गते, आईतवार


काठमाडौँ । इन्जिनियरिङमा भएको शुल्क बृद्धिको विरुद्ध समाजवादी मोर्चा निकटका विद्यार्थीहरूआमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क बृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरु गरेका छन् ।
पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालयमा आमरण अनशन सुरु गरिएको हो । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खोप सप्ताह प्रारम्भ

२०८२ बैशाख ११ गते, बिहीबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

२०८२ बैशाख ११ गते, बिहीबार