राष्ट्रिय शिक्षा दिवसलाई परिणामुखी बनाउन आह्वान

२०८० भाद्र १० गते, आईतवार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताए । उनले असोज २ लाई विशेष उत्साहका साथ मनाउने बताए । मन्त्री राईले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई भव्यताका साथ उपलब्धिमूलक रुपमा मनाउन आह्वानसमेत गरेका छन । मन्त्री राईले नेपाली शिक्षालाई बिस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रियाहरु

[anycomment]