अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको सातौं पूर्ण बैठक सुरु

२०८० भाद्र २१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको सातौं पूर्ण बैठक सुरु भएको छ ।
कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ भने नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सी, नेकपाका पोलिटब्यूरो सदस्य विजय सी,असल सी,नेकपाका केन्द्रीय सदस्य सुन्दर सी, पार्टी केन्द्रीय सदस्य प्रयास सी, हेमन्त सी, कपिलवस्तु पश्चिम जिल्ला सेक्रेटरी बिनोद सी, कार्यालयका विमर्श सी, बिगुल सीको आतिथ्यता रहेको छ ।
बैठकमा संगठनका अध्यक्षले पेश गरेको एजेन्डा एक मतले पास भएको छ ।
बैठक २ दिनसम्म चल्ने र बैठकले आगामी माघ १०, ११, १२ गते संगठनको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने गरि त्यसको सम्पूर्ण तयारीमा केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार