राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

२०८० आश्विन १० गते, बुधबार


काठमाडौँ । राहतका शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहतको शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै गत बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर आन्दोलनमा उत्रेका थिए ।
गत शनिबारदेखि थप आन्दोलित बनेको राहतका शिक्षकहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु