अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका समक्ष ९ बुँदे मागपत्र पेस

२०८० आश्विन १३ गते, शनिबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौँडा उपमहानगरपालिकासमक्ष ९ बुँदे माग पत्र पेस गरेको छ। अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा गएको टोलीले शुक्रबार हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा र प्याब्सनका जिल्ला अध्यक्ष विनोद सुवेदीलाई ९ बुँदे मागसहितको पत्र बुझाएको हो ।
अध्यक्ष सुर्य सीको हस्ताक्षरित पत्रमा अखिल (क्रान्तिकारी) निरन्तर नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको अभियानमा संघर्षरत भएको उल्लेख गरिएको छ । साथै क्रान्तिकारीले उक्त पत्रमार्फत नागरिकको नैसर्गिक अधिकार र राज्यको दायित्वभित्र पर्ने शिक्षा जस्तो संवेदनशील विषयमा चरम निजीकरण, व्यापारीकरण र माफियाकरण भइरहेको भन्दै नगर प्रमुख र प्याब्सन मकवानपुरलाई ध्यानाकर्षण गराएको छ ।
निजि शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति, विसंगति र समस्याहरूको समाधानका लागि उक्त मागपत्र पेश गरेको अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सूर्य सीले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार