कोरोनरी मुटुरोगमा जीवनशैली परिवर्तन

डा. हेमराज कोइराला २०८० कार्तिक ८ गते, बुधबार

मुटु रोगको एक करोड सतहत्तर लाख मानिसहरु प्रत्येक वर्ष मारिन्छन् । अप्रत्यासित रूपमा अपर्झट देखापर्ने र तत्काल आवश्यक व्यवश्थापन हुन नसके ज्यानै पनि जान सक्ने यो समस्या आकस्मात देखापर्ने भए पनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफैँ रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृतकोषहरु जम्मा भएर धमनी साँघु¥याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ । उपरोक्त पदार्थहरु जम्मा भएर धमिनी साँघुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउँछ र तन्तुहरुलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुँदा साँघुरिएको ठाउँमा नसाको भित्री पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आई नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भागभन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषकतत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरु मर्न जाँदा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशील अंगहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ । अधिकतर हृदयघात मुटुलाई ज्यादा दबाब पर्ने अवस्थाहरु जस्तै चिल्लो खाना पेटभरी खाएको, रिसाएको, दुखी भएको, तनावमा परेको, विहानको समयमा, खाना खाएर सुतेको अवस्थामा र एन्जियो प्लाष्टि वा अन्य हृदयका शल्यक्रिया गर्दा गर्दै हुने गर्दछ ।

हृदयघातका जोखिमहरु

हृदयघातका जोखिमहरुलाई उल्ट्याउन सकिने र उल्ट्याउन नसकिने गरेर दुई समूहमा विभक्त गरिएको छ । उल्ट्याउन सकिने जोखिमहरुको मुख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघातसम्बन्धी मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । उल्ट्याउन सकिने जोखिमहरुमा मानसिक तनाव, चिन्ता, भय र उदासीनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन, खानामा रेसा र चोकरहरुको कमी र टायप ए व्यक्तित्व आदि हुन । उल्ट्याउन नसकिने जोखिमहरुमा उमेर लिंग र आनुवंशिक प्रभावहरु पर्दछन् । तर, आज हृदयघातको विरक्तलाग्दो तथ्यांक वृद्धिमा उल्ट्याउन नसकिनेभन्दा उल्ट्याउन सकिने जोखिमहरुको मुख्य योगदान छ । विज्ञहरु भन्छन् कम उमेरमा भइरहेको हृदयघातको उत्प्रेरक भनेकै हाम्रो अप्राकृतिक जीवनशैली (भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको अव्यवस्थापन) हो । मानव र प्रकृतिबीचको बढ्दो दूरी, वातावरणीय प्रदूषण, मानसिक तनाव, गरिष्ठ भोजन, श्रम र व्यायमवाट पन्छिने अल्छी वानी आफ्ना हठ अडान र निर्णयप्रति अडिग रहने हठी व्यक्तित्व, शरीरको आवाज (आहार, निन्द्रा, भय मैथुन) जस्ता प्राकृतिक चाहनाहरुको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता जीवनशैलीसँग सम्वन्धित कारकतत्वहरु हृदयघातलगायत अन्य मुटुरोगहरुको मुख्य कारक हुन् ।

जीवनशैली परिवर्तन

जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ भनी वैज्ञानिक तथ्य र आधारहरुसहित हृदयरोगको सफल उपचार गर्ने पहिलो व्यक्ति अमेरिकी चिकित्सक डा. डिनअर्निश हुन् । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको हृदयमैत्री हुने गरी ठीक समायोजन गर्नु हो ।

भोजन व्यावस्थापन

मुटुरोग तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनको मात्रा भोज्य पदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइड्रेड, प्रोटिन, भिटामिन, लिपिड, पानी, रेशा, एण्टिअक्सिडेण्ट र खनिज तथा लवणहरुको उचित मात्राले युक्त क्षेत्रीय र मौसमी खाद्यान्नहरु मुटुरोगका लागि राम्रो मानिन्छ । चमल, गहुँ, मकै, आलु, पिँडालु सुठूनी, चिनी, आँटा आदिवाट कार्वोहाइड्रेड प्राप्त हुन्छ । घिउ, तेल र तेलिय खाद्यबाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलपूmल, मौसमी तरकारी, हरिया सागसब्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।

१. घिउ, तेल, नौनी, छाली, वटर र बोसोजस्ता जंगम श्रोतबाट पाइने चिल्लो पदार्थहरुको सेवन गर्नु हुँदैन । खाना पकाउन अत्यन्त कम वनस्पती तेलहरुको उपयोग गर्नुपर्छ । शुद्ध तोरी वा सूर्यमुखीको तेल अन्यभन्दा उत्तम छन् ।

२. मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ । माछा–मासुमा पाइने वोसोले कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछा–मासु छाड्न नसक्नेले खसी, राँगा, वंगुर जस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एक पल्ट, थोरै मात्रामा खान सक्छन् ।

३. नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुँदैन ।

४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदाथ मुटुको लागि राम्रो होइन ।

५. पेटभरी ठुसी—ठुसी खाने बानी त्यागेर पेटको आधा भाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणका लागि खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुई पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिको सुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाँडै पच्ने खाना खाने गरौँ ।

७. खानामा नुनको मात्रा दुई—तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएटजस्ता वेकिङ पाउडरको प्रयोग मुटु मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्ययपदार्थले मुटु रोगको जोखिम बढाउँछ ।

८. खानमा रेसा र चोकर युक्त खाद्यान्नहरुको समायोजन हुन जरुरी छ । सलाद, हरिया सागसब्जी, चोकरयुक्त पीठो, रातो चामल, सग्लै अन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरिया कलिला मौसमी साग, अंकुरित गेडागुडी वा जमरामा एण्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र घात पछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ ।

व्यायाम ब्यस्थापन

१. मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुँदैन । अंग ब्यायाम, रिढ ब्यायाम, शिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ ।

२. दक्ष योग गुरुबाट मुटुरोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले हृदयघातको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।

३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।

विश्राम व्यवस्थापन

१. मुटु रोगीका लागि बिश्राम, भोजन र व्यायामभन्दा पनि महत्वपूर्ण छ । राति चाँडै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाहअनुसार औषधि खाएर भए पनि सुत्ने प्रयास गरौं । दिउँसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाँडै नसुत्ने, र खाना खानेबित्तिकै सुत्ने बानी मुटुका लागि खतरनाक मानिन्छ ।

२. शारीरिक तथा मानसिक रुपले विश्राम लिनका लागि योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक ९ःक्च्त्०, प्राणिक इनरजाईजीङ्ग टेक्निक ९एभ्त्०, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन ९क्ःभ्त्०, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक ९व्एःच्त्०, डिप रिल्याक्सेसन् टेक्निक ९म्च्त्०, क्विक रिल्याक्सेसन टेक्निक ९त्तच्त्०, इन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक ९क्ष्च्त्० जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरीरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरिनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

विचार व्यावस्थापन

वैचारिक स्तरमा आएको हरेक परिवर्तन हृदयमा प्रतिविम्वित हुन्छ । हजुर हास्दा हृदय हास्छ, हजुर रुँदा हृदय रुन्छ । क्रुद्ध र भावुक हुँदा हृदय पनि विचलित हुन्छ । रुग्ण मानसिकता भएकाहरुको हृदय पनि चाँडै रोगी हुन्छ भने स्वस्थ्य विचारको अभ्यासले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।

१. हृदयरोगवाट बच्न अव्यवहारिक र पुरा नहुने महत्वकांक्षाबाट वच्नुपर्छ । आफ्नो मनको भावनाहरु सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरुसँग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पति र नाम कमाउने वा उन्नति गर्ने चाहनामा आपूmलाई तिरोहित गर्नु हुँदैन ।

२. सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुई अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुको लागि राम्रो हो ।

३. बिहान–बेलुकी कम्तीमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग निद्रा, जप, प्रार्थना, वा एकान्तबास जस्ता साधना नियमपूर्वक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।

५. तनाब व्यवस्थापनको नाममा चुरोट, सुर्ती, जाँड रक्सी वा अन्य नसालु पदार्थको सेवन गरेर आपूmलाई भुलाउन नखोजौँ ।

व्यवहार व्यवस्थापन

हृदय हरेक व्यवहार, घटनाक्रम र दिनचार्यको साक्षी हो । तपाईंको मनको कुरो मस्तिस्कले ढाट्ला तर हृदयले दूधको दूध पानीको पानी बताइदिन्छ भने अनियमित दिनचार्यको भार पनि हृदयले प्रस्ट पारि दिन्छ । यसर्थ हाम्रो दिनचार्य र आनिबानी हृदयमैत्री हुन जरुरी छ ।

१. बिहान ब्रम्ह मुहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी. अगाडिदेखि घाम झुल्किँदासम्मको समय) उठिसक्ने, उठ्ने बित्तिने दुई गिलास मनतातो पानी पिउने, तत्पश्चात मलमूत्र विसर्जन गरी सुचीनिची भई दाँत माझि व्यायामको लागि तयार हुनु पर्छ ।

२. ब्यायामपश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य व्यवस्थापन सुचारु भई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।

३. बेलुका साढे छदेखि सात बजेभित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नु पर्छ ।

४. नाम र दामको पछाडि मरिहत्ते गर्ने बानी मुटुका लागि राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसात गर्दै जति जे हुन्छ त्यसैमा सन्तोष गरौं ।

५. आफ्नो ब्यक्तिवलाई लचकदार र सर्वप्रिय बनाउँ । अहंकार, घमन्ड र मपाईत्वलाई प्रश्रय नदिउँ । सानालाई माया र ठूलालाई आदार गरौं । दुःखीहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदित राखौं भने दुर्जनहरुको वास्तै नगरौं ।

६. आफ्ना गल्ती तथा भुलहरुलाई फेरि नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं । ईखलिने, बैरत्वराख्ने, मनमा लागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्यक्तित्व हृदय रोगको सिकार हुन सक्छ ।

प्रतिक्रियाहरु

[anycomment]