अखिल (क्रान्तिकारी) प्यूठानद्धारा शिक्षक नियुक्ति सच्याउन माग

काठमाडौँ । अखिल क्रान्तिकारी प्यूठानले मुक्ति माध्यमिक विद्यालयले प्रक्रिया पुरा नगरी शिक्षक नियुक्त गरिएको विषयमा गम्भीर आपत्ति प्रकट गरेको छ । सो संगठनका अध्यक्ष प्रशुदा सीले विहिवार एक प्रेश विज्ञप्ति जारी गरी विद्यालयका प्रधानाध्यापक र शिक्षा विकास समन्वय एकाईका प्रमुखको मिलेमत्तोमा शिक्षक नियुक्ति गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन । अखिल क्रान्तिकारीले विद्यालय व्यवस्थापन समितिसंग कुनै सल्लाह नगरी नीति,विधि र पद्धतिलाई उल्लंघन गरी आफ्नो मनपरी ढंगले आफ्नै पेरीफेरीका नातागोतालाई अवैधानिक तरिकाले शिक्षक नियुक्ति गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल (क्रान्तिकारी)ले जारी विज्ञप्ति मार्फत नीति विपरित गरिएको निर्णय तुरुन्त सच्याउन सम्वन्धि निकायलाई जोडदार माग गरेको छ ।
अखिल (क्रान्तिकारी)ले निर्णय नसच्याईए कडा संघर्ष गर्न बाध्य हुने र त्यसवाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्वन्धित पक्ष हुनुपर्ने चेतावनी दिएको छ ।
