अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पसको अध्यक्षमा सलुन सी

२०८० पुष २ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पसको १२ इकाई सम्मेलनले सलुन सीको अध्यक्षतामा २५ सदस्सीय इकाई कमिटी निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष श्री कान्त,सचिव कृष्ण खड्का,सहसचिव राम कंवर र आदित्य दिप र कोषाध्यक्ष रोजिन बस्नेत लगायत रहेका छन।
दलाल पुँजीवादी व्यवस्था र भ्रष्ट राजनीतिको उन्मूलन,बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि १२ औं इकाई सम्मेलन भन्ने मूल नाराका साथ इकाई सम्मेलन सम्पन्न भएको हो ।
सलुन सी को अध्यक्षतामा सुरु भएको सम्मेलनको प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेन्द्र सी,विशिष्ट अतिथि अखिल क्रान्तिकारीका कार्यालय सदस्य मदन सी,अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा त्रि वि ब्यूरो इन्चार्ज अनिल सी ,केन्द्रीय सचिवालय सदस्य सुवास सी,केन्द्रीय सदस्य प्रकाश सी,यसोदा सी,केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक सुवास सी,ब्यूरो सदस्य सटल सी,चिरायु सी को आतिथ्यता रहेको थियो। संगठन का केन्द्रीय उपाध्यक्ष नरेन्द्र सी ले सचेत नौजवान युवा विद्यार्थी हरुले समग्र देश परिवर्तनको निम्ति आ आफ्नो ठाउँ बाट सक्दो भुमिका निर्वाह गर्नुपर्ने बताए साथै उनले नेपालको शिक्षा प्रणालीमा तमाम खाले बेथिति विकृति विसंगति देखिएकाले यस्को अन्त्य बैज्ञानिक समाजवादी राज्य व्यवस्था बाट मात्रै सम्भव भएकाले समाजवाद प्राप्तिको लडाइँमा युवा विद्यार्थी हरु गोलबद्द भएर लाग्नु पर्ने आवस्यकता रहेको बताए।यस्तै संगठनका कार्यालय सदस्य मदन सी ले विद्यार्थी हरुको न्यायको लागी लड्ने संगठन अखिल क्रान्तिकारी भएकाले सबैले साथ दिनुपर्ने बताए यस्तै कार्यक्रमका अतिथि त्रिभुवन विश्वविद्यालय ब्यूरो इन्चार्ज अनिल सी ले क्याम्पसमा केही संसदवादी पार्टीका विद्यार्थी संगठन हरुले विद्यार्थी लाई सहयोग गर्छौ भन्ने नाममा विद्यार्थी लाई लुटिरहेको,विद्यार्थीको जीवन माथी खेलबाड गरिरहेको भन्दै त्यस्ता व्यक्ति र संगठन हरु बाट सचेत रहन सुझाव दिएका थिए साथै उनले नेपाल कमर्स क्याम्पसमा अघिल्लो दोस्रो बर्षको परिक्षा दिने ६४ जना विद्यार्थी लाई ने वि संघ,अनेरास्ववियु ,माके अखिल क्रान्तिकारीले छात्रवृत्तिमा पढाइदिन्छौ भनेर प्रति व्यक्ति ५ देखि ७ हजार सम्म पैसा लिएर विद्यार्थीको परिक्षा फर्म नभरिदिएर परिक्षा दिन बाट बन्चित गरेको भन्दै ती पीडित विद्यार्थीको न्यायको लागी अहिले पनि आफुहरु लडिरहेको बताएका थिए साथै उनले विद्यार्थीको समस्यामा आफुहरुले सक्दो सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।उनले विद्यार्थीका शैक्षिक ,प्रशासनिक भौतिक समस्या हरुको समाधानका निम्ति नवनिर्वाचित कमिटी कतिबद्द भएर लाग्न सल्लाह दिएका थिए।यस्तै अर्का अतिथि संगठनका केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक सुवास सी ले विद्यार्थीको आशा र भरोसाको केन्द्र अखिल क्रान्तिकारी मात्र भएकोले सबै एक हुनुपर्ने भन्दै राष्ट्रियता,जनतन्त्र ,जनजिविका,भ्रष्टाचार ,अन्याय ,अत्याचार विरुद्ध अखिल क्रान्तिकारी सधै डटिरहेको बताए ।साथै यो दलाल संसदीय व्यवस्था असफल भैसकेकाले समाजवादी राज्यव्यवस्था स्थापना गर्न सबै एक हुने पर्ने भन्दै समाजवाद बाट मात्र आमूल रुपान्तरण सम्भव रहेको बताए ।
कार्यक्रमको संचालन संगठनको केन्द्रीय सदस्य सरस्वती सी ले गरेको थियिन। सम्मेलनमा विद्यार्थी हरुको उल्लेख सहभागिता रहेको थियो। -अनिल के.सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु