विद्यालयको भन्दा फरक पोशाक किन्न लगाए कारबाही !

२०८० पुष ६ गते, शुक्रबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै सूचना निकालेर त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
सूचनामा भनिएको छ – ‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ। कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु