मध्यपश्चिम विश्वविद्यालयकाे अध्यक्षमा चिनबहादुर सी

२०८० पुष ७ गते, शनिबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयकाे तेस्रो क्याम्पस जिल्ला सम्मेलनले चिनबहादुर सीको नेतृत्वमा २७ सदस्यीय मध्यपश्चिम विश्वविद्यालय जिल्ला समिति निर्वाचित गरेको छ । जसको पदाधिकारीहरुमा अध्यक्ष चिन बहादुर सी, उपाध्यक्ष अमृता शाही, हितेन्द्र शाह, सचिव सुदर्शन ऐडि, सह-सचिवसम्झना परियार, मनिषा सहकारी, कोषाध्यक्ष रितु कुमारी बम लगायत २७ सदस्यीय जिल्ला समिति रहेको छ ।
खोज अनुसन्धान सहितको रोजगारमूलक शिक्षाका निमित्त हाम्रो आन्दोल! भागबण्डा तथा भ्रष्टाचाररहित विश्वविद्यालय निर्माण गर्न तेस्रो सम्मेलन!! भन्ने मूल नाराका साथ अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयकाे तेस्रो क्याम्पस जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
नेकपा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीको सुर्खेत जिल्ला इन्चार्ज, अखिल(क्रान्तिकारी) मध्य कर्णाली ब्युरो इन्चार्ज तुलराज सी, सुर्खेत इन्चार्ज कमल सी, सुर्खेत संयोजक रोशन सी लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार