अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस बाँकेको अध्यक्षमा सुरेन्द्र सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस बाँकेको सातौं सम्मेलनले अध्यक्षमा सुरेन्द्र सीलाई निर्वाचित गरेको छ । यसैगरी, उक्त सम्मेलनले उपाध्यक्षमा अशोक सी, सचिवमा रितिका सी, सहसचिवमा प्रेङ्का सी, कोषाध्यक्षमा निर्मला सी लगायत २५ सदस्यीय इकाई समिति निर्वाचित गरेको छ ।
उक्त सम्मेलनको अध्यक्षता निर्मला सी प्रमुख अतिथि संगठनका कोषाध्यक्ष प्रीतिमा सी विशिष्ट अतिथि नेकपाको केन्द्रिय सदस्य नारायण सी, क्याम्पस प्रमुख लालमणी आचार्य, संगठनका पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सी, अतिथि संगठनका दक्षिण कर्णाली ब्युरो इन्चार्ज हरि सी, बाँके बर्दिया इन्चार्ज डिल्ली सी, संयोजक सागर सी, स्ववियु अध्यक्ष, सचिव अखिल, नेवि.संघ, अखिल(क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन लगायत संगठनका प्रतिनिधिहरुकाे आतिथ्यतासँगै शुभकामना मन्तव्य समेत राखेका थिए ।
कार्यक्रमको संचालन सुरेन्द्र सीले गरेका थिए । सम्मेलन भव्य ढंगले क्याम्पसकै सभाहलमा भएको थियो ।
सम्मेलनले नयाँ नेतृत्व चयन गरेसँगै विद्यार्थीको पक्षमा महत्त्वपूर्ण त्रिविभित्रका विकृति विसङ्गति विरुद्ध हाम्रो आन्दोलन! गुणस्तरीय शिक्षा प्राप्तिका लागि सातौं इकाई सम्मेलन!! भन्ने मूल नारालाई आत्मसात गर्ने निर्णयसहित सम्मेलन सम्पन्न भएको छ ।