प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन

२०८० पुष १९ गते, बिहीबार


काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन गरेको छ । मध्यपश्चिम विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा पहिला नै प्रश्नपत्र बाहिरिएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरेको हो ।
उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले पुस ३ गतेबाट सञ्चालन हुने भनिएको परीक्षाको प्रश्नपत्र नै बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको बताए । निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार